२०८२ माघ ५ गते , सोमबार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १३ गते , शुक्रबार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

झापा । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।  घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

सम्बन्धित समाचार