२०८३ बैशाख १० गते , विहीबार
झापामा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो १ बजे मेचीनगर ७ का ३७ वर्षीय नारायण किसानलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका किसानको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।