बाह्रदशीमा पालिमेन्ट्रि मिटिङ प्रोसिड्रअर तालिम सम्पन्न
बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीसले पालिमेन्ट्रि मिटिङ प्रोसिड्रअर तालिम सम्पन्न गरेको छ । रेडक्रस सोसाइटी बाह्रदशी उपशाखामा सम्पन्न उक्त तालिमको उद्घाटन प्रमुख अतिथि रेडक्रस सोसाइटी बाह्रदशी उपशाखाका अध्यक्ष दयानन्द गोस्वामी, प्रमुख प्रशिक्षक नेपाल जेसीजका उपाध्यक्ष सुनिल तिम्सिना रहेका थिए । ३५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक तिम्सिनाले मिटिङ कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा प्रकाश फुयाँलले जेसीज आस्था पढेर कार्यक्रमलाई औपचारिकता तर्फ लगेका थिए भने कार्यकारी उपाध्यक्ष पुष्पलाल धमलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता अध्यक्ष विगम श्रेष्ठले गरेका थिए ।तालिमको समापन कार्यक्रममा कानुनी सल्लाहकार खगेन्द्र सुवेदी, शिक्षा संयोजक लक्ष्मीप्रसाद उप्रेती र सदीक्षा खड्काले मन्तव्य राख्दै प्रशिक्षण उपलब्धिमूलक भएको धारणा राखेका थिए ।