२०८२ माघ ५ गते , सोमबार
झापामा लागू औषधसहित एक युवक पक्राउ
झापा। झापाका दमक नगरपालिका ५ निवासी १८ वर्षीय अनुप धिताललाई लागू औषधसहित पक्राउ परेका छन् । प्रहरीले आइतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनको साथबाट लागु औषध फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल बरामद गरिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।