२०८२ माघ ५ गते , सोमबार

छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २७ गते , शुक्रबार
छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु

झापा । छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर विक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो। प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका विक सोमबार बेलुका ७ बजे होहल्ला गर्दै छिमेकी ४७ वर्षीय मोहन घिमिरेको घरमा  गएर विना कारण झगडा गर्न पुगेका थिए।

सोही क्रममा दुवै पक्षबीच सामान्य हातपात हुँदा विक लडेर गम्भीर घाइते भएका थिए। घाइते विकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विक घाइते भएपछि उनका छोरा राजकुमारले बिहीबार इलाका प्रहरी कार्यालय सुरुङ्गामा कुटपिटमा संलग्न घिमिरेको विषयमा उजुरी दिएका थिए। उजुरी परेपछि घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।

सम्बन्धित समाचार