२०८२ माघ ५ गते , सोमबार
ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रजिअ तिमिल्सिनाको टोलीलाई
भद्रपुर । भद्रपुरस्थित मेची रङ्गशालामा सम्पन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको टोलीले हात पारेको छ ।
मेची रङ्गशालामा रहेको स्पोर्ट कभर्ड हलमा सम्पन्न प्रतियोगितामा सरोज राईको टोली दोस्रो, चिरञ्जीवी कोइराला र रमेश सुवेदीको टोलीले तेस्रो स्थान ल्याउन सफल भएको थियो ।
दीपेश ढकालको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी तिमिल्सिना र भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बा गौरवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।