२०८३ बैशाख २४ गते , विहीबार
पहिरोले सात वटा चौपाया पुरिएर मरे
ओखलढुङ्गा । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–३ सिल्खुबेसीमा वर्षासँगै आएको पहिरोमा पुरिएर ७ वटा चौपाया मरेका छन् । पहिरोबाट सो क्षेत्रका ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । शनिवार दिउँसो पौने ४ बजे वर्षाका कारणबाट पहिरो जाँदा चम्पादेवी–३ सिल्खुवेसीका हरिप्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको दुई वटा गोरु र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मरेको प्रहरी कार्यालयले जनाएको छ ।