२०८३ बैशाख २४ गते , विहीबार

दुइटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते  

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १९ गते , आईतबार
दुइटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते  

झापा  । मोरङको रतुवामाई नगरपालिका ९ स्थित आमवारि उर्लाबारी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी २ जना घाइते भएका छन् । आइतबार  बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र।१-०२-०४१ प २६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४४ प २६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । 

सो दुर्घटनामा गम्भीर घाइते भएका २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका ७ गडिझारका २७ वर्षीय ललित कटुवाल घाइते भएको र उनको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  अर्को २६०९ नम्बरको मोटरसाइकल चालक रङेली नगरपालिका ५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटरसाइकलमा पछाडि सवार बेलबारी नगरपालिका ३ का ३० वर्षीय नवीन ठाकुर गम्भीर घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । 

सम्बन्धित समाचार