२०८२ माघ ५ गते , सोमबार

बिर्तामोड जग्गा प्रकरण : १० जनामध्ये ९ जना पुर्पक्षका लागि कारागार चलान, ६ जना अझै फरार

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १९ गते , आईतबार
बिर्तामोड जग्गा प्रकरण : १० जनामध्ये ९ जना पुर्पक्षका लागि कारागार चलान, ६ जना अझै फरार

झापा झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको करोडौँ मूल्यको जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये नौ जनालाई झापा कारागार चलान गरिएको । घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने वडा अध्यक्षसहित जना अझै फरार रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए

झापा जिल्ला आदेश बमोजिम पुर्पक्षका लागि कारागार चलान भएका बाह्रदशी गाउँपालिका स्थायी ठेगाना भई हाल बिर्तामोड नगरपालिका चैतुवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशी, भद्रपुर नगरपालिका बस्ने ५२ वर्षीय नवीन कोइराला, भोजपुर जिल्ला तिवारी भञ्ज्याङ्ग स्थायी ठेगाना भई हाल गौरीगञ्ज गाउँपालिका बस्ने ३७ वर्षीय बलराम विश्वकर्मा (सुशील), अर्जुनधारा नगरपालिका बस्ने ५३ वर्षीय लेखनाथ खनाल, बिर्तामोड नगरपालिका बस्ने ३४ वर्षीय गोविन्द बान्तवा (मिलन) र उनका श्रीमती ३२ वर्षिया रञ्जु राई, बिर्तामोड नगरपालिका १० बस्ने ७२ वर्षीय देवीप्रसाद पाण्डे, बाह्रदशी बस्ने ५० वर्षीय लिलाधर राजवंशी शिवसताक्षी नगरपालिका बस्ने ४२ वर्षीय भूपदेव कटुवाल रहेका छन्   पक्राउ परेका १० जनामध्ये सात जना पुर्पक्षका लागि दुई जना धरौटी तिर्न नसकेर कारागार चलान भएको डिएसपी थापाले बताए अदालतले लिलाधर भूपदेवको नाममा लाख ५० हजार रुपैयाँ धरौटी तोकेका छन्

त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका बस्ने राजन विश्वकर्मा ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् घटनामा संलग्न गौरादह नगरपालिकाका नम्बर वडा अध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका तत्कालीन नायव सुब्बा हरि तिवारी, ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका बस्ने ५६ वर्षीय वेगप्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका११ स्थायी ठेगाना भई काँडाघारी काठमाडौँ बस्ने ३२ वर्षीय देवबहादुर विष्ट भद्रपुर नगरपालिका बस्ने ५३ वर्षीय प्रकाश कार्की अझै फरार रहेको डिएसपी थापाको भनाई उनीहरूले  तीन वर्षदेखि योजना बनाएर बिर्तामोडका चर्चित व्यवसायी स्व। टुंङगबहादुर बस्नेतको नामको करोडौँ मूल्य पर्ने जग्गा अधिकृत वारेसनामासहित किर्ते कागजात बनाएर बिक्री गरेको

साबिक चारपाने गाविस हाल बिर्तामोड नगरपालिका अदुवा पुलस्थित पूर्वपश्चिम राजमार्ग नजिकै स्वर्गीय टुंङगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका का रञ्जु राईको नाममा रजिस्ट्रेसन पास भएको छ। २०७७ साल माघ २१ गते राईको नाममा रजिस्ट्रेसन पास भएको हो। तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो। जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना दिनपछि नक्कली जग्गाधनी बनेकाले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाइएको थियो।

 

सम्बन्धित समाचार