२०८३ बैशाख २४ गते , विहीबार

झापा नागरिकता प्रकरण : बिर्तामोडका वडा अध्यक्ष कार्कीलाई उन्मुक्ति

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २१ गते , मंगलबार
झापा नागरिकता प्रकरण : बिर्तामोडका वडा अध्यक्ष कार्कीलाई उन्मुक्ति

झापा । गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्दा परेपछि करिब एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की जङ्गेले उन्मुक्ति पाएका छन् ।

हिजो झापा जिल्ला अदालतमा आत्मसमर्पण गरी धरौटी राखेर उनले उन्मुक्ति पाएका हुन् । उनीमाथि विभिन्न तीन वटा मुद्दा लागेको थियो । ३–३ लाखको दरले ९ लाख रुपैयाँ धरौटी राखेर उनी तारेखमा मुक्त भएको जनाइएको छ । उनको मुद्दाको फैसला वैशाख ३० गते रहेको थियो ।

कोरोना सङ्क्रमणका कारण अदालत बन्द हुने भएपछि उनले हिजै अदालत पुगेर धरौटी बुझाएका थिए । जिल्ला प्रशासन कार्यालय झापाको चलानी नम्बर ८३२ मिति २०७६-०५-०८ गतेको जाहेरीले झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाई दिएको मुद्दा उनीमाथि दायर भएको थियो ।

झापा जिल्ला अदालतबाट वारेन्ट जारी भएपछि फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेस गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । किर्ते नागरिकता काण्डमा संलग्न भएको आरोपमा उनी करिब १३ महिनादेखि फरार थिए ।अब आफू जनताको काममा फर्किने उनले बताएका छन् ।

सम्बन्धित समाचार