२०८३ बैशाख २४ गते , विहीबार
माई खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु
झापा । झापामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ डुडामारीका २८ वर्षीय जीवन थाम्सुहाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माई खोलामा थाम्सुहाङ साथीहरूसँग पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा माई खोलाको बाधबाट बगी उनी बेपत्ता भएका थिए । बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोस्ट माईधारबाट प्रहरी टोली खटिएका प्रहरी टोलीले खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाउँबाट अन्दाजी ५०० मिटर दक्षिण उनको शव फेला पारेको प्रहरी कार्यालय झापाले जनाएको छ ।