२०८३ बैशाख २४ गते , विहीबार

जंगलभित्र श्रीमान-श्रीमती मृत भेटिए

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २१ गते , मंगलबार
जंगलभित्र श्रीमान-श्रीमती मृत भेटिए

झापा । धनकुटाको जंगलभित्र श्रीमानश्रीमती जंगलभित्र मृत अबस्थामा फेला परेका छन् । पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका हुन्। मृत्यु हुनेमा पाख्रीबास ६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ । 

युवक झुन्डिएको र युवती भुइँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिए । श्रीमान‍्ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार