२०८३ बैशाख ५ गते , शनिबार

संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका व्यक्तिको मृत्यु भएमा २५ लाख रुपैयाँ दिने निर्णय

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २२ गते , बुधबार
संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका व्यक्तिको मृत्यु भएमा २५ लाख रुपैयाँ दिने निर्णय

इटहरी । प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचारको क्रममा अग्रमोर्चामा खटिनेहरूको मृत्यु भए २५ लाख दिने भएको छ। बुधवार बसेको प्रदेश १ मन्त्रीपरिषद्को बैठकले तलब बराबरको ५० प्रतिशत जोखिम भत्ता सहित मृत्यु भए २५ लाख दिने निर्णय गरेको हो ।

कोरोना पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा खटिएकाहरुको कोरोनाको कारण मृत्यु हुनेले सो रकम पाउने भएका छन् । प्रदेश सरकारले खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोरोना सङ्क्रमणका कारणबाट मृत्यु भएको परिवारलाई उक्त रकम हस्तान्तरण गरिने भएको हो।

कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीले जोखिम भत्ता पाउने भएका छन् । कोरोना रोकथाम र निदानमा खटिएका कर्मचारी सङ्क्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित समाचार