२०८३ बैशाख २४ गते , विहीबार

काँकडभिट्टा नाकाबाट घर जान लागेका एक भारतीय नागरिकको मेची पुलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २३ गते , विहीबार
काँकडभिट्टा नाकाबाट घर जान लागेका एक भारतीय नागरिकको मेची पुलमै मृत्यु

झापा मेचीनगर स्थित काँकडभिट्टाको मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल उत्तर दिनाजपुर जिल्ला रायगञ्जस्थित ठाकुरवाडा निवासी २६ वर्षीय भुवन पुजारी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए

 मृतक पुजारी विगत वर्षदेखि नुवाकोट विदुर नगरपालिका बुटवलको एक पलाई उद्योगमा कार्यरत रहेका थिए उनी पहिलै देखि दिर्घरोगको बिरामी भएको साथीसँग घर फर्किने भनेर त्यहाँबाट एम्बुलेन्स चढेर काँकडभिट्टा आइपुगेका थिए

उनले त्यहाँबाटै वडा अध्यक्षको सिफारिसमा एम्बुलेन्समा आएको डिएसपी दाहालले जानकारी दिए 'घर फर्किन लाग्दा मेची पुलमै लडेको त्यहाँ नै उनको मृत्यु भएको भयो,' डिएसपी दाहालले भने, 'उनी जन्डिस रोगबाट पनि ग्रसित थिए ।' उनको शवलाई मेची पुलमै राखिएको भारतीय सुरक्षाकर्मीसँग सहकार्यमा परिवारजनलाई बोलाउने काम भइरहेको उनले बताए परिवारका सदस्य आएपछि शव पठाउने उनको भनाई

सम्बन्धित समाचार