२०८३ बैशाख २६ गते , शनिबार
झापाको एक कपास उद्योगमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
झापा । मेचीनगर नगरपालिका १० स्थित कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी सुरु भएको थियो ।
आगलागीबाट मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्योगमा लागेको आगो प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।