२०८३ बैशाख २४ गते , विहीबार

टिकटक बनाउने क्रममा एक युवकको गयो ज्यान 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २४ गते , शुक्रबार
टिकटक बनाउने क्रममा एक युवकको गयो ज्यान 

झापा । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथि टिकटक बनाउने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रवार बिहान हर्देनी भीर माथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान ५ का १८ वर्षीय सुभाष परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएको र उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

सम्बन्धित समाचार