२०८३ बैशाख २४ गते , विहीबार

फिदिम बजारमा आगलागी

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २५ गते , शनिबार
फिदिम बजारमा आगलागी

फिदिम । पाँचथरको सदरमुकाम फिदिममा एकाबिहानै आगलागी भएको छ । शनिबार बिहान करिब ७ः४० बजेको समयमा फिदिम बजारको लखनमार्गमा आगलागी भएको हो । स्थानीय दावा शेर्पाको घरमा एक्कासी आगो उठेको बताइएको छ ।आगलागी भर्खरै फिदिम नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार