२०८३ बैशाख २४ गते , विहीबार

चट्याङ लागेर एक जनाको मृत्यु, श्रीमान्-श्रीमती घाइते 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
चट्याङ लागेर एक जनाको मृत्यु, श्रीमान्-श्रीमती घाइते 

झापा  । आज बिहान पानीसँगै परेको चट्याङ लागेर मोरङमा एक जनाको मृत्यु भएको छ ।  दुई जना घाइते भएका छन् । आइतबार बिहान ९ बजे चट्याङ लागेर रङेली नगरपालिका १ हाट खोला बस्ने ३० वर्षीय प्रवीण माझीको मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई रङेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै मोरङकै जहदा गाउँपालिका ६ पोखरिया बस्ने  ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनका श्रीमती २६ बर्षीया जाननारा खातुन चट्याङ लागेर घाइते भएका छन् ।  आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङको झट्का लाग्दा श्रीमान् श्रीमती घाइते भएका हुन् ।  उनीहरूको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार