२०८३ बैशाख २६ गते , शनिबार

चट्याङ लागेर एक घाइते, एउटा घर जल्यो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २८ गते , मंगलबार
चट्याङ लागेर एक घाइते, एउटा घर जल्यो

ओखलढुङ्गा । ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् ।  गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । 
आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।  दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो ।  यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ ।

सम्बन्धित समाचार