२०८३ बैशाख ३१ गते , विहीबार

झापाबाट मोरङतर्फ जाँदै गरेको स्कोरपियो दुर्घटना, ज्वाइँ-सासू घटनास्थलमै मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ६ गते , विहीबार
झापाबाट मोरङतर्फ जाँदै गरेको स्कोरपियो दुर्घटना, ज्वाइँ-सासू घटनास्थलमै मृत्यु 

झापा । मोरङको पथरीमा गए राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोक मार्गअन्तर्गत पथरीशनिश्चरे २ स्थित जय चोकमा पहिचान नखुलेको गाडीले मे १ च १८५१ नम्बरको स्कोरपियोलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा गाउँपालिका ५ का अन्दाजी ६० वर्षीय लक्ष्मी पौडेल र मोरङ रङ्गेली ३ रञ्जनी बस्ने अन्दाजी ७० बर्षिया विष्णुमाया सिवाकोटी रहेका छन् ।

उनीहरूको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रदेश कार्यालय इटहरीले जनाएको छ । मृतक दुई जनाबिच ज्वाइँ सासूको सम्बन्ध रहेको बताइएको छ । झापाबाट उनीहरू पश्चिमतर्फ आफन्त बिरामी भेट्नका लागि जाने क्रममा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा स्कोरपियोका चालक बिर्तामोड २ चारपानेका ३३ वर्षीय विकास उप्रेती, स्कोरपियोमा सवार झापा गापा वडा नं २ की ४५ बर्षिया बिनिता पौडेल र हल्दिबारी ५ का २५ वर्षीय रोशन उप्रेती गम्भीर घाइते भएका छन् । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार