२०८३ बैशाख ३१ गते , विहीबार

झापामा थप एक साता निषेधाज्ञा लम्बाइयो, खाद्यान्न, माछामासु र तरकारी बिहान ९ बजेसम्म होम डेलिभरी गर्न पाउने

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ६ गते , विहीबार
झापामा थप एक साता निषेधाज्ञा लम्बाइयो, खाद्यान्न, माछामासु र तरकारी बिहान ९ बजेसम्म होम डेलिभरी गर्न पाउने

झापा । झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

ती सामानहरू व्यवसायीले  बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्‍याइसक्नु पर्ने हुन्छ । त्यस्तै बैठकले निर्माण सामग्री ओसारपसारका लागि बिहान ११ बजेदेखि दिउँसो १ सम्म समय तोकेको छ । निर्माण व्यवसायीले पसल नखोली त्यो सामान गोदाममा राख्न पाउने छ ।

सम्बन्धित समाचार