२०८३ बैशाख ३१ गते , विहीबार

गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ८ गते , शनिबार
गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

झापा । प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उनलाई सात वर्ष जेल हालेको थियो ।
विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्य द्रोहको मुद्दा लगाइएको थियोे ।

झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आएका थिए । भूविक्रम नेम्वाङसँगै काँग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उनी सरिक व्यक्ति भएको बताइन्छ । रासस
 

सम्बन्धित समाचार