२०८३ बैशाख ३१ गते , विहीबार
मेचीनगरमा सोमबार सार्वजनिक बिदा
झापा । झापाको मेचीनगर नगरपालिकाले सोमवार सार्वजनिक बिदा निर्णय गरेको छ । नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत् शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदै एक दिने सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा अत्यावश्यक सेवा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला सङ्कलन भने नियमित हुने छ ।