२०८३ बैशाख ३ गते , विहीबार
प्रतिनिधिसभा विघटनविरुद्ध झापामा नेवि सङ्घको राँके जुलुस प्रदर्शन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले आज साँझ झापामा राँके जुलुस निकालेको छ ।
नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके जुलुस निकालियो । कोरोना सङ्क्रमणका कारण सामाजिक दुरी कायम गर्दै १० जनाले मात्र जुलुस निकालेको जिल्ला नेता याम भुजेलले जानकारी दिए । त्यस्तै नेविसंघ बाह्रदशीले पनि आज साँझ राँके जुलुस निकाल्यो । राजगढ बजार पेरिफेरिमा जुलुस निकाल्दै कोणसभा गरिएको थियो ।कोणसभालाई नेविसघ सभापति मिलन बस्नेतले सम्बोधन गरेका थिए ।