२०८३ बैशाख ३१ गते , विहीबार

खोलामा करेन्ट लगाएर माछा मार्दा झापामा एकको मृत्यु, दुई जना प्रहरी नियन्त्रणमा

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १० गते , सोमबार
खोलामा करेन्ट लगाएर माछा मार्दा झापामा एकको मृत्यु, दुई जना प्रहरी नियन्त्रणमा

झापा । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् । आइतबार बेलुका साढे ४ बजे साथीहरूसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ मृत्यु भएको हो । घटनाको सूचना पाए लगतै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट गएको प्रहरी टोलीले तामाङसँग रहेका साथीहरू सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बु र इलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार