२०८३ बैशाख ३१ गते , विहीबार

नेपाल प्रहरीका डिएसपी खरेलको कोरोना संक्रमणबाट मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १० गते , सोमबार
नेपाल प्रहरीका डिएसपी खरेलको कोरोना संक्रमणबाट मृत्यु 

काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारमा रहेका खरेलको सोमबार अपराह्न मृत्यु भएको हो।

उनको दुई सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले खरेलको मृत्यु भएको पुष्टि गरे।

खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। हाल प्रहरी उपरीक्षकको बढुवाको क्रममा रहेका खरेल डाफरको मिसनबाट हालै फर्किएमा थिए। हाल हेडक्वाटरमै कार्यरत थिए।

केही दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार केसीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

सम्बन्धित समाचार