२०८३ बैशाख ३१ गते , विहीबार

निषेधाज्ञा उलङ्घन गर्नेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १० गते , सोमबार
निषेधाज्ञा उलङ्घन गर्नेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ संकट व्यावस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरित कुनै काम गर्न बाधा पुर्‍याउनेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना हुने गरी सजाय हुने जनाएको छ।

सोमबार सार्वजनिक जानकारी निकाल्दै प्रशासनले अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिना सम्म कैद वा तीन लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ।  त्यस्तै,मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ। 

सम्बन्धित समाचार