२०८३ बैशाख ३१ गते , विहीबार

बंगालको चक्रवात प्रभाव : तीन दिन देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १३ गते , विहीबार
बंगालको चक्रवात प्रभाव : तीन दिन देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज जेठ १३ देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ​

पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात वायुका कारण देशैभर वर्षा हुने महाशाखाले जनाएको छ।  यास नामक चक्रवात वायु समुद्रबाट जमिततर्फ प्रवेश गरिसकेकाले उक्त चक्रवात उत्तरपश्चिममा सर्ने क्रममा रहेको जनाइएको छ। 

जसका कारण केही दिन नेपालको मौसममा असर पर्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ। जेठ १३, १४ र १५ प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

प्रदेश १, २ र बागमतीमा अति भारी वर्षा हुने र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा चट्याङसहित उच्च वेगको हावाहुरी आउने महाशाखाले अनुमान गरेको छ। कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाइएको छ। 

त्यसैगरी हिमाली तथा उच्च पहाडी भेगमा पनि हिमपातसहित वर्षा हुने अनुमान गर्दै महाशााले विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको छ। 

सम्बन्धित समाचार