२०८३ बैशाख ३१ गते , विहीबार

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १४ गते , शुक्रबार
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

झापा । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले वितरित दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ वर्षीय दिलीप चौधरी घाइते भएका थिए । घाइतेलाई उपचारको लागी कोसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार