२०८३ बैशाख ३१ गते , विहीबार

झापामा कोरोना संक्रमित महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १४ गते , शुक्रबार
झापामा कोरोना संक्रमित महिलाको मृत्यु

झापा । झापामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  दमक नगरपालिका १० बस्ने संक्रमित महिलाको उपचारका क्रममा शुक्रवार बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले जानकारी दिए । 

उनलाई एक साता अघि स्वास्थ्य समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

सम्बन्धित समाचार