निषेधाज्ञामा २० युनिटसम्म विद्युत् महशुल र खानेपानीमा मासिक २० हजार लिटरसम्म महसुल छुट
झापा । सरकारले निषेधाज्ञा अवधिमा घरायसी विद्युत् ग्राहकलाई २० युनिटसम्म विद्युत् महशुलमा शतप्रतिशत छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै निषेधाज्ञा अवधिमा घरायसी ग्राहकलाई उक्त छुट दिने जानकारी दिएका हुन् ।
त्यस्तै उक्त अवधीमा ग्राहकले १५० युनिटसम्म खपत गरेमा ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत सम्म छुट दिने मन्त्री पौडेलले बताए । त्यसैगरी सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिइ यसै महिनादेखि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।