२०८२ माघ ५ गते , सोमबार
एक विद्यालय एक स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाले अब मासिक १२ हजार पाउने
काठमाडौं । सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्दै विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए। त्यस्तै सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी मासिक १२ हजारको घोषणा गरेका छन् । मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।