२०८३ बैशाख ३१ गते , विहीबार

झापाको दुधेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १६ गते , आईतबार
झापाको दुधेमा  मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु 

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  शिवसताक्षी नगरपालिका ६ निवासी अन्दाजी ३२ बर्षीय जीवन दर्नाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ बजे शिवसताक्षीको दुधे–शिवगञ्ज सडक खण्डमा शिवगञ्जबाट दूधेतर्फ जाने क्रममा मे १२ प २३८४ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक दर्नाललाई बिएण्डसी अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण प्रधानले जानकारी दिए ।

 

सम्बन्धित समाचार