२०८३ बैशाख ३१ गते , विहीबार

रक्सी चोरेको आरोपमा सईसहित तीन प्रहरी निलम्बन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १७ गते , सोमबार
रक्सी चोरेको आरोपमा सईसहित तीन प्रहरी निलम्बन

सिराह । मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बनमा परेका छन्। इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सई नबलकिशोर ठाकुर तथा प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन्।

गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए। सञ्चालक भागेपछि पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए।

सम्बन्धित समाचार