२०८३ जेष्ठ २७ गते , बुधबार

सुनसरी र इलाममा सवारी दुर्घटना, सहचालकसहित दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १८ गते , मंगलबार
सुनसरी र इलाममा सवारी दुर्घटना, सहचालकसहित दुई जनाको मृत्यु

झापा । प्रदेश १ को सुनसरी र इलाममा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  सुनसरी बराहक्षेत्र नगरपालिका १० स्थित दाजुभाइ चौकमा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउ निवासी २२ वर्षीय विष्णु कुमार बस्नेतको मृत्यु भएको छ । ट्याक्टरबाट अचानक लडेर पछाडि डालाको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० निवासी ४५ वर्षीय भीमबहादुर कार्की इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा लिएको छ । 

त्यस्तै इलाम नगरपालिका ११ स्थित आले चोकको भित्री सड्क खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जाँदै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले सोही स्थानका पैदल यात्री ८२ वर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालक पाँचथर हिलिहाङ ७ निवासी २३ वर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी इलामले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार