२०८३ बैशाख १५ गते , मंगलबार

दमकको लाइफलाइन अस्पतालमा तीन कोरोना सङ्क्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २१ गते , शुक्रबार
दमकको लाइफलाइन अस्पतालमा तीन कोरोना सङ्क्रमितको मृत्यु

झापा। पछिल्लो चौबीस घण्टामा दमकको लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । शुक्रवार बिहान साढे ४ बजे मोरङ उर्लाबारी १ का ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले जनाएका छन् । हिजो दिउँसो साढे ४ बजे पथरीशनिश्चरे १० का ७० वर्षीय वृद्धको भएको थियो ।

त्यस्तै आज बिहान साढे ८ बजे दमक ८ बस्ने ७० बर्षिया एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सिराहा घर भएकी ती वृद्धा केही समयदेखि दमकमा बस्दै आएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

सम्बन्धित समाचार