२०८३ बैशाख १५ गते , मंगलबार

कोरोनाले रगत अभाव, मेचीनगरमा ४६ जनाले गरे रक्तदान

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २१ गते , शुक्रबार
कोरोनाले रगत अभाव, मेचीनगरमा ४६ जनाले गरे रक्तदान

झापा । झापामा रगतको अभाव हुन नदिनका लागि शुक्रवार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो अभियान झापाको आयोजनामा भएको रक्तदान कार्यक्रमको नवीन युवा क्लब मेचीनगर १३ र प्यारीभिट्टा युवा क्लब मेचीनगर १३ को सह आयोजक रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा मेचीनगर १४ धाइजनमोडमा भएको रक्तदानमा महिला र पुरुष गरी ४६ जनाले रक्तदान गरेको नरेश महराले जानकारी दिए। सङ्कलित सबै रगत नेपाल रेडक्रस सोसाइटी झापालाई हस्तान्तरण गरिएको छ ।

मेचीनगर नगरपालिका, राष्ट्रिय युवा परिषद् झापा, मेची उद्योग वाणिज्य सङ्घ मेचीनगर, कोभिड रेसपोन्स टिम झापा, कालिका यूथ ग्रुप मेचीनगर १२ र सत्य साई सेवा केन्द्र प्रदेश नम्बर १ ले कार्यक्रममा सहयोगीको भूमिका निर्वाह गरेका थिए । अहिले कोभिड १९ को महामारीका बखत रगतको माग अत्यधिक हुने र यस्तो वेला रगतको अभाव हुने भएकाले यसलाई टार्न रक्तदान कार्यक्रम आयोजना गरिएको महराको भनाई छ ।

सम्बन्धित समाचार