२०८३ बैशाख १९ गते , शनिबार
रेडक्रस उपशाखाद्वारा भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई नगरपालिकामै पुगेर उपशाखा सभापति गोपाल गिरीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।विपन्न वर्ग भएका कोभिड सङ्क्रमितलाई प्रदान गर्ने गरी एक सय प्याकेज सामग्री हस्तान्तरण गरिएको भद्रपुर उपशाखाका सचिव दीप लिम्बूले जानकारी दिए। प्रदान गरिएको सामग्रीमा आधा केजी डाबर च्यवनप्रास, १० थान मास्क, १ १ स्ट्रीप्स जिन्क, सिटामोल र भिटामिन 'सी' ट्याब्लेट र एउटा साबुन रहेको छ। प्राप्त सामग्रीलाई विपन्न वर्ग भएका कोभिड संक्रमित सम्म पुर्याउने मेयर श्रेष्ठले जानकारी दिए ।