२०८३ बैशाख १५ गते , मंगलबार

युवा परिषद् झापाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २३ गते , आईतबार
युवा परिषद् झापाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

झापा । कोरोना संक्रमणको महामारीका बिच फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई राष्ट्रिय युवा परिषद् झापाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । परिषद्ले शनिवार इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । शिवसताक्षि नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा तथा परिषद्का अध्यक्ष मदन बुढाथोकीले इलाका प्रहरी कार्यालयका प्रमुख धुब्रबहादुर श्रेष्ठलाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा अग्र भागमा रहेर आफ्नो निष्ठा र कर्तव्य पालना गर्ने प्रहरीहरूको जीवन रक्षाका लागि सानो भए पनि सहयोग गरिएको कार्यक्रममा परिषद्का अध्यक्ष बुढाथोकीले बताए ।

यस अघि पनि परिषद्ले विभिन्न सामाजिक कार्य गर्दै आएको स्मरण गर्दै कार्यक्रममा अध्यक्ष बुढाथोकीले सामाजिक उत्तरदायित्व तथा मानवीय नाताले सङ्कटको यस घडीमा सबै सँग हातेमालो गर्दै अगाडि बढ्ने वचनबद्धता समेत प्रकट गरे ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श सङ्घ ई क्यान झापाको आर्थिक सहयोग समेत रहेको बुढाथोकीले जानकारी दिए । वितरण गरिएका स्वास्थ्य सामाग्रीमा मास्क, स्यानिटाइजर , भिटामिन, औषधी लगायत छन् ।

युवा परिषद् शिवसताक्षि नगर कमिटीकी कार्यकारी उपाध्यक्ष निशा लिम्बूले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नगर प्रमुख सेर्मा, इलाकाका प्रहरी प्रमुख श्रेष्ठले परिषद्ले गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्दै परिषद्को प्रशंसा गरेका थिए ।

कार्यक्रममा युवा परिषद् झापाका निवर्तमान अध्यक्ष छवि चुँडाल, नगरपालिका वार्ड सदस्य जितेन्द्र शाह, मदन भण्डारी स्पोट्स एकेडेमी शिवसत्ताक्षि नगरका सचिव सागर राई, नगर खेलकुद समितिका अध्यक्ष फुर्वा लामा , सामाजिक अभियान्ताहरु शैरभ न्यौपाने, मदन ओली, नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो ।

साथै परिषद् नगर कार्यकारी उपाध्यक्ष लिम्बूले परिषद्लाई सहयोग गर्ने हाम्रो अभियान, सुरुवाती कोठा, ई क्यान झापा तथा कोभिड रेस्पोन्स टिम सहित अन्य सामाजिक कार्यमा रातदिन खटिएर मानव सेवामा समर्पित सामाजिक अभियानको टिमलाई धन्यवाद समेत प्रकट गरेकी थिइन् ।

सम्बन्धित समाचार