२०८२ माघ ५ गते , सोमबार

पाकिस्तानमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २४ गते , सोमबार
पाकिस्तानमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते छन्।  सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एकआपसमा जुधेका थिए। इञ्जिनसमेत तीन डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ र मिल्लत एक्सप्रेस कराचीबाट सरगोधातर्फ जाँदै गर्दा जुधेका हुन्। 

गम्भीर घाइतेहरूको संख्या धेरै रहेकाले मानवीय हताहती बढ्नसक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।  रेडियो पाकिस्तानका अनुसार घाइते यात्रीहरूलाई अहिले अस्पतालमा लगिएको छ र डिब्बामै फसिरहेका यात्रुहरूलाई जोगाउन उद्धारकर्ताहरूले अभियान थालेका छन्।  मिल्लत एक्सप्रेसको आठ र सैदय एक्सप्रेसको इञ्जिनसमेत तीनवटा डिब्बा रेलको लिकबाट उछिट्टिएको खबर छ।

सम्बन्धित समाचार