२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुरकी सिवानी बनिन् संक्रमितको शव व्यवस्थापन गर्ने पहिलो महिला

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २६ गते , बुधबार
भद्रपुरकी सिवानी बनिन् संक्रमितको शव व्यवस्थापन गर्ने पहिलो महिला

झापा । नेपाल स्काउट रेन्जर लिडर र स्काउट मास्टर रहेकी झापा भद्रपुरकी सिवानी देवान कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने पहिलो महिला बनेकी छिन् । नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई तालिम दिइएको थियो । 
उनी नेपाल स्काउट प्रदेश १ स्थानीय समिति, मेचीनगर सदस्य पनि हुन् ।

देवान कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने पहिलो महिला बनेको नेपाल स्काउटले आफ्नो फेसबुक पेजमार्फत जनाएको छ । सिवानीले आफ्नो नेतृत्वमा झापामा युआइसी नामक स्काउट दल सञ्चालन गर्दै आएकी छन् । युआइसीले विभिन्न सामाजिक कार्यहरुमा निःस्वार्थ भावनाका साथ सेवा दिँदै आएको छ । युआइसीले मेचीनगरमा एसएमएस कार्यक्रमअन्तर्गत यात्रीहरुलाई मास्क, सेनिटाइजर वितरण गर्दै आएको छ । त्यस्तै, निषेधाज्ञा हुनुअगाडि गाउँ तथा हाट बजारमा पुगेर कोरोना भाइरसबारे सचेतना कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचार