२०८३ बैशाख १५ गते , मंगलबार

झापामा पाँच जना सङ्क्रमितको मृत्यु, २०४ जना डिस्चार्ज

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २६ गते , बुधबार
झापामा पाँच जना सङ्क्रमितको मृत्यु, २०४ जना डिस्चार्ज

झापा । झापामा बुधवार पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लामा १७९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज मृत्यु हुनेमा भद्रपुर–९ का ९७ वर्षीय पुरुष, हल्दिबारी–४ का ६४ वर्षीय पुरुष, धरान–११ का ७३ वर्षीय पुरुष, बिर्तामोड–५ का ६० वर्षीय पुरुष र बुद्वशान्ति–३ का ३७ वर्षीय पुरुष रहेको छ ।

त्यस्तै थपिएका सङ्क्रमितमध्ये दमकमा २३ महिलासहित ३८ जना, बिर्तामोडमा १० महिलासहित १८ जना, मेचीनगरमा २ जना पुरुष, भद्रपुरमा ५ महिलासहित १४ जना, कनकाईमा ४ महिलासहित ८ जना, अर्जुनधारामा ३ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्जमा १ महिलासहित ५ जना, कचनकवलमा २ जना पुरुष, कमलमा ३ जना पुरुष, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा ४ महिलासहित ६ जना र ठेगाना नखुलेको १ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या ११९०३, डिस्चार्ज ७४५३, आइसोलेसनमा ४१३९ जना, कुल संक्रमित एन्टिजेन १३५८ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या २८३ जना र आज निको भएर घर फर्किएका २०४ जना रहेको छ ।

सम्बन्धित समाचार