२०८२ माघ ५ गते , सोमबार

सेनाको विमान दुर्घटना, १२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २७ गते , विहीबार
सेनाको विमान दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ।  सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए। राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो।

उनले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए। तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ। सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ। 

सम्बन्धित समाचार