२०८३ बैशाख १५ गते , मंगलबार
हल्दिबारीमा आकस्मिक अस्पताल सञ्चालन गर्न एमालेको माग
झापा । नेकपा (एमाले) हल्दिबारी गाउँ कमिटीले विपन्नका लागि बनाइएका आवासहरूमा गाउँपालिकास्तरीय आकस्मिक अस्पताल सञ्चालन गर्ने व्यवस्था तत्काल मिलाउन माग गरेको छ ।
गाउँ कमिटीले गाउँपालिका कार्यालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाको नयाँ भेरियन्टको संक्रमण रोकथाम,नियन्त्रण,उपचार र नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आवासहरूमा आकस्मिक अस्पताल सञ्चालन गर्न माग गरेको हो । तराई मधेस समृद्धि कार्यक्रममार्फत हल्दिबारी–२ मा १३ वटा आवासहरू निर्माण भएका छन् ।
पार्टीका गाउँपालिका इन्चार्ज नरेश चुडालले गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेको ध्यानाकर्षण पत्र अध्यक्ष हरि गौतमले वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव महेशलाल मेचेले गरेका थिए ।