२०८३ बैशाख १९ गते , शनिबार
हल्दिवारीका ४० वर्षीय संक्रमित पुरुषको बिएण्डसीमा मृत्यु
झापा । झापाको हल्दिवारीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका ४ निवासी ४० वर्षीय पुरुषको उपचारकै क्रममा आइतबार मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । बौद्ध धार्मिक गुरु फुर्तेम्बा (तामाङ साइला) नामले चिनिएका सामाजिक व्यक्तित्व उनलाई पाँच दिन अगाडि ज्वरो आएर उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
उनको पीसीरआर परीक्षण गर्दा पोजेटिभ आएपछि सोही अस्पतालमा उपचाररत उनको हिजो बेलुकी मृत्यु भएको हो । हल्दिवारीमा हालसम्म सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने १४० जना सक्रिय संक्रमित होम आइसोलेसन र अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।