२०८२ माघ ५ गते , सोमबार

बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ३० करोड बढी

sajilo news
पार्थ मण्डल
२०७८ असार १० गते , विहीबार
बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ३० करोड बढी

झापा । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

बिहीबार सुरु भएको सातौं नगरसभा बैठकमा नगरपालिकाका उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त अंकको बजेट प्रस्ताव गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा बैठक सुरु भएको हो ।

नगरसभामा प्रस्तुत बजेटमा चालूखर्च तर्फ ४४ करोड ३५ लाख १४ हजार र पूँजीगत खर्चतर्फ ६६ करोड ४२ लाख ६५ हजार ५०० हुने अनुमान गरिएको छ भने सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

प्रस्तावित बजेटमा आन्तरिक स्रोतबाट १५ करोड, घरजग्गा रजिष्ट्रेशन बाँडफाँडबाट १० करोड, लागत सहभागितामा १ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अन्तरगत प्राप्त हुने २२ करोड ४९ लाख अनुमान गरिएको छ । यसरी नै राजश्व बाँडफाँडबाट ११ करोड ९ लाख ४६ हजार, सशर्त अनुदान ४२ करोड ८४ लाख, विशेष अनुदान १ करोड ९९ लाख, समपुरक अनुदान २ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तरगत १ करोड ३३ लाख ७२ हजार प्राप्त हुने अनुमान गरेको छ । यसरी नै राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ५०० रुपैयाँ, सशर्त अनुदान ५० हजार, समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख पवित्रा महतरा प्रसाईंले खर्चतर्फ पूर्वाधार विकासको क्षेत्रमा ५६ करोड १४ लाख ५० हजार विनियोजन गरेको जानकारी दिइन् । यसैगरी, आर्थिक विकासमा २८ करोड २७ लाख, सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५००, वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३२ करोड ९८ लाख १५ शजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित समाचार