२०८३ जेष्ठ ३० गते , शनिबार

पूर्व सांसद तथा क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीको निधन

sajilo news
पार्थ मण्डल
२०७८ असार १० गते , विहीबार
पूर्व सांसद तथा क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीको निधन

भद्रपुर । पूर्व सांसद तथा क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीको निधन भएको छ । भद्रपुर नगरपालिका ६ निवासी चक्रवर्तीको बिहीबार दिउँसो ७४ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि अस्वस्थे थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले उनलाई २०६१ चैत २९ गते मध्यमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासकमा नियुक्त गरेका थिए । त्यस बेला उनी छोटो समय क्षेत्रीय प्रशासकको भूमिका निर्वाह गरे । त्यस भन्दा अघि तत्कालीन राजा वीरेन्द्र शाहले पनि उनलाई राज्यसभा सदस्य मनोनीत समेत गरेका थिए । राप्रपाका पूर्व केन्द्रीय सदस्य समेत रहेका उनी साहित्यकार पनि हुन् ।

राजतन्त्र सकिएर गणतन्त्र आएपछि उनी घरमै बसेर जीवन कटाइरहेका थिए  । घर बस्दा उनले विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू समेत प्रकाशन गर्दै आइरहेका थिए । यता सच्चा देशभक्त र राजभक्त गुमाएको प्रति दुख व्यक्त गर्दै राप्रपाका नेता राजेन्द्र लिङदेनले घरमै पुगेर उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको आजै देउनियाँ नदीमा हिन्दु धार्मिक अनुसार दाहसंस्कार गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 

सम्बन्धित समाचार