२०८३ जेष्ठ ३० गते , शनिबार
झापाका अग्रज पत्रकार क्षेत्री र दाहालसहित चार जनालाई प्रादेशिक पत्रकारिता पुरस्कार
झापा । प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चारै जना अग्रज पत्रकारलाई जनही एक लाखको पुरस्कार प्रदान गरेका हुन् । प्रदेश सरकारले २०७४र०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । तर गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको हो