२०८३ जेष्ठ ३० गते , शनिबार

विरिङ खोलामा एक पुरुषको शव फेला

sajilo news
पार्थ मण्डल
२०७८ असार १२ गते , शनिबार
विरिङ खोलामा एक पुरुषको शव फेला

झापा । अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ । साधुटार –होक्से सडक खण्ड अन्तर्गत पर्ने खोलामा अन्दाजी ४० ४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । ती पुरुष माथिल्लो भागमा नाङ्गो अवस्थामा फेला परेका छन् ।

पेन्ट मात्र लगाएको अवस्थामा खोलामा भेटिएको प्रहरीको भनाई छ । इप्रका बिर्तामोडका डिएसपी सन्तोष आचार्यका अनुसार शवको पहिचान हुन सकेको छैन । साढे ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार घटनास्थलमा शनिश्चरे प्रहरीको टोली पुगिसकेको छ भने बिर्तामोडको टोली पनि पठाइएको छ ।

सम्बन्धित समाचार