२०८२ माघ ५ गते , सोमबार

बलात्कारीलाई गोली हानी हत्या गर्ने युवतीलाई अदालतले दियो सफाइ

sajilo news
पार्थ मण्डल
२०७८ असार १३ गते , आईतबार
बलात्कारीलाई गोली हानी हत्या गर्ने युवतीलाई अदालतले दियो सफाइ

एजेन्सी । बलात्कारीको हत्या आरोपमा मुद्धा लडिरहेकी एक युवतीलाई फ्रान्सको एक अदालतले सफाई दिएको छ । बेलरी बेलकोट नामकी ती युवतीले सौतानी बाबु डेनियल पोलेटको गोली हानी हत्या गरेकी थिइन् । यद्यपी ती युवतीले फैसलामा तोकिएको भन्दा बढी समय काराबास जीवन बिताएको बताइएको छ । लामो समय काराबासमा राखिएपछि त्यहाँस्थित महिला अधिकारकर्मीहरूको समूहले रिहाइको माग गर्दै प्रदर्शन शुरू गरेका थिए ।

उनीमाथि अदालतले ३ वर्षको निलम्बन तथा ४ वर्षको जेल सजाय सुनाइएको थियो । पूर्वी फ्रान्सको साओन एट लोयरमा अदालतले उनलाई मुक्त गरेको हो । बेकोट १२ वर्षकी हुँदा पोलेट उनकी आमाको प्रेमी थिए । पहिलो पटक आमाको प्रेमीले उनलाई १२ वर्षको उमेरमा बलात्कार गरेको बताइएको छ ।

पोलेटले त्यसपछि पटक पटक दुव्र्यवहार गरिरहेका थिए । बेकोट जब १७ वर्षकी भइन्, बलत्कारपछि गर्भवती समेत भएको बताइएको छ । त्यसपछि उनकी आमाले उनलाई घरबाट निकालिदिएको र पोलेटकै साथमा बस्न बाध्य पारिएको घटनामा उल्लेख गरिएको छ । त्यसको केही समयपछि ती युवतीले बलत्कारी पोलेटको गोली हानी हत्या गरेको बताइएको छ ।

सम्बन्धित समाचार